काठमाडौँ - नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक मोहम्मद अलमुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइतबार सामाजिक सञ्जालमार्फत यस्तो जानकारी दिएका हुन् ।
राष्ट्रिय फुटबल टिम उनकै नेतृत्वमा साफ च्याम्पियनसिपको तयारीमा थियो । अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् । पछिल्लो समय प्रशिक्षक अल्मुताइरीले खेलकुद पत्रकारमाथि दुर्व्यवहार गरेको आरोप लागेको थियो ।
अलमुताइरीले उपाध्यक्ष नेम्बाङको पछिल्ला ३ हप्तामा भएका नाटकका कारण आफूले राजीनामा दिन लागेको बताएका छन् । र आफ्नो राजीनामाले पंकज नेम्बाङ खुशी भए होला भन्दै उनले आक्रोस व्यक्त गरेका छन् ।
प्रतिक्रिया