काठमाडौं, साताको पहिलो दिन आइतवार बजार खुलेको साढे २ घण्टाको अवधिमा सात कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आव विशाल बजार कम्पनी,ङादी ग्रुप पावर सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था,पञ्चकन्या माई हाइड्रोपावर,जोशी हाइड्रोपावर,यनिभर्सल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।
ती सात ओटै कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । बिशाल बजार कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ हजार ७१४ दशमलव ४० पुगेको छ ।
त्यसैगरी ङादी ग्रुप पावरको रू.७६३.५०,सर्पोट माइक्रोफाइनान्सको रू. २ हजार ८२७, पञ्चकन्या माई हाइड्रोपावरको रू. ३४५.४०, जोशी हाइड्रोपावरको रू. ३४४.३०, युनिभर्सल पावरको रू. ३५९.७० र हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य रू. ४३२ पुगेको छ ।
प्रतिक्रिया