काठमाडौं, कारोबारको पहिलो दिन (आइतबार) कारोबारको दोस्रो घण्टामा नेप्से परिसूचक ३८ अंकले बढेको छ ।
कारोबार सुरु भएको दुई घण्टा बित्दाँ परिसुचक ३८.०२ अंकले उकालो लागेर ३०४२.३५ को बिन्दुमा पुगेको छ ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनीको ६७ हजार ११२ पटकको कारोबारमा २ करोड ४७ लाख ९५ हजार ३०१ कित्ता शेयरको रू ६ अर्ब ७२ लाख बराबरको कारोबार भएको छ ।
आज २१४ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १२१ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ५८ शेयरमूल्य घटेको छ । ४ कम्पनीको मूल्य स्थीर रहेको छ ।
यस्तै, सोही अवधीसम्म ६ कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट लागेको छ । आज विशाल बजार कम्पनी, ङादी ग्रुप पावर,सार्पेट माइक्रोफाइनान्स वित्तिय संस्था,पञ्चकन्या माई हाइड्रोपावर, युनिभ्रसल पावर कम्पनी र हिमालयन उर्जा विकास कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।
प्रतिक्रिया