१ लाख ७३ हजार नगदसहित २२ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, विभिन्न ठाउँमा प्रहरीले तास खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौं, दाङ र कास्कीबाट तास खेलिरहेका २२ जनालाई पक्राउ गरेको हो । 

कठमाडौं महानगरपालिका २६ ठमेलस्थित ड्राइगंन डान्सवारमा तास खेलिरहेको अवस्थामा सोही डान्सबारका संचालक काभ्रे धुलिखेल नगरपालिका ९ घर भएका ३३ वर्षीय गेन्जे लामा समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त डान्सवार जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ९० हजार ७ सय १५ रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो । 

त्यस्तै, दाङको घोराही उपमहानगरपालिका १४ जागृती टोल बस्ने सुरेन्द बहादुर खत्रीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४१ वर्षीय सुरेन्द्र बहादुर खत्री लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १० हजार ३ सय २५ रुपैयाँ सहित पक्राउ गरेको हो ।  

त्यसैगरि, कास्कीको पोखरा महानगरपालिका १७ हिमाली टोल बस्ने सोही महानगरपालिका २६ बुढीबजार घर भएका ५३ वर्षीय जम बहादुर गुरुङको कोठामा तास खेलिरहेको अवस्थामा गुरुङ लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ७३ हजार ३ सय ९० रुपैयाँ र तास सहित पक्राउ गरेको हो । 

४ बर्ष अगाडि

प्रतिक्रिया