मैतिदेवी मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न(तस्विरसहित)

४ बर्ष अगाडि

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीले गुरु पूर्णिमाको अवसरमा मैतीदेवी मन्दिर परिसरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । 

मैतीदेवी मन्दिर क्षेत्र व्यवस्थापन समितिसँगको सहकार्यमा मन्दिर परिसर र मन्दिरको सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीका प्रेसिडेन्ट मदनकृष्ण सिलवालको सभापतित्वमा प्रेस काउन्सिल नेपालका सहप्रशासकीय अधिकृत रामप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रममा अतिथिहरु मैतीदेवी मन्दिर क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ,  लायन्स क्लब अफ काठमाडौँ इन्द्रावतीको चार्टर प्रेसिडेन्ट प्रल्हाद बस्नेत, सेक्रेटरी सुन्दर थापा, टे«र्जरर बसन्त कार्कीलगायतको उपस्थिति रहेको थियो । 

लायन्स क्लब अफ काठमाडौँ इन्द्रवतीको सेकेण्ड भाइस प्रेसिडेन्ड विशाल पौडेलको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा २५ जनाको उपस्थिति रहेको थियो । 

 

 

४ बर्ष अगाडि

प्रतिक्रिया