किसान लघुवित्तले १२ लाख ९८ हजार बराबरको एफपीओ जारी गर्दै

४ बर्ष अगाडि

काठमाडौं, किसान लघुवित्त वित्तिय संस्थाले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ जारी गर्ने भएको छ ।  लघुवित्तले १२५ रुपैयाँ अंकित दरमा थप एफपीओ जारी गर्ने भएको हो । 

लघुवित्तले पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा एफपीओ जारी गर्ने अनुमति माग्दै असार २९ गते आवेदन दिएको हो ।

प्रतिशेयर २५ रुपैयाँ प्रिमियम थपेर १२५ रुपैयाँको दरले १२ लाख ८९ हजार २५९ कित्ताका लागि १६ करोड २२ लाख ८२ हजार ४३६ रुपैयाँ बराबरको बिक्री अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो ।

कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ। यसअघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता शेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता सेयर एफपीओ मार्फत बिक्री गर्न लागेको हो।

कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १७३२ रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य ६८३ रुपैयाँदेखि २०४२ रुपैयाँसम्म पुगेको थियो।

हाल लघुवित्तको चुक्ता पुँजी ३९ करोड २८ लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई १२ लाख ८९ हजार २५९ कित्ता बिक्रीपछि ५२ करोड २६ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको अधिकृत पूँजी १ अर्ब, जारी पूँजी ५२ करोड २६ लाख रुपैयाँ छ । 

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

कम्पनीले धनगढी २, बैहाबेहडी कैलालीमा केन्द्रीय कार्यालय र कर्पोरेट कार्यालय बुढानिलकण्ठ ८ मण्डिखाटार, काठमाण्डौमा रहेर ४६ जिल्लामा आफनो शाखा विस्तार गरेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया