मध्य भोटेकोशीको आईपीओमा हाल सम्म २१ लाख १७ हजार बढि कित्ताको माग, कहिले सम्म दिन सकिन्छ आवेदन ?

४ बर्ष अगाडि

काठमाडौं - मध्य भोटेकोशीको प्राथमिक शेयर (आईपीओ) मा हालसम्म ९ हजार २४ सिन्धुपाल्चोकबासीले २१ करोड १७ लाख रुपैयाँ बराबरको शेयर खरीका लागि आवेदन दिएका छन् ।

भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) तथा आश्वाबाट गरी कुल २१ करोड १७ लाख २३ हजार ७०० रुपैयाँ बराबरको २१ लाख १७ हजार २३७ कित्ताको माग आवेदन परेको हो ।

शुक्रबार मात्रै कम्पनीको आइपीओ खरीदका लागि २ हजार १०७ वटा आवेदन मार्फत ४ करोड ४२ लाख ६७ हजार ६०० रुपैयाँ बराबरको ४ लाख ४२ हजार ६७६ कित्ताको माग भएको छ । 

जसमध्ये आश्वा मार्फत १ हजार ३० वटा आवेदनबाट २ लाख ३२ हजार ४० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र ९इसेवा तथा अनलाइन० मार्फत १ हजार ७७ वटा आवेदनबाट २ लाख १० हजार ६३६ कित्ताको माग भएको बिक्री प्रबन्ध ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।

हालसम्म कुल ७ हजार ५८६ सिन्धुपाल्चोकबासीले २१ करोड १७ लाख रुपैयाँ बराबरको आवेदनमा आश्वा मार्फत ३ हजार ८४१ वटा आवेदनबाट ८ लाख ९३ हजार ५३० कित्ता र भौतिक रुपमा आवेदन लिन तोकिएका आवेदन केन्द्र (इसेवा तथा अनलाइन) मार्फत ५ हजार ९८३ वटा आवेदनबाट १२ लाख २३ हजार ७०७ कित्ताको माग भएको छ ।

क्यापिटलका अनुसार अब आईपीओ छिटोमा साउन १७ गते निष्काशन बन्द हुनेछ भने सो अवधिमा सबै शेयर बिक्री नभएको खण्डमा भने ढिलोमा साउन ३२ गतेसम्म खुला रहनेछ । उक्त मितिभन्दा अगावै सबै शेयर बिक्री भएमा बीचमा नै सार्वजनिक सूचना मार्फत निष्काशन बन्द हुन सक्नेछ ।

लगानीकर्ताले उक्त शेयरमा न्यूनतम ५० कित्तादेखि बढीमा ४०० कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता निष्काशन तथा बिक्री खुला गरेको थियो । 

कोराना संक्रमण बढेपछि विभिन्न जिल्लामा जस्तै सिन्धुपाल्चोकमा पनि निषेधाज्ञा जारी भएपछि स्थानीयलाई बिक्री भैरहेको शेयर बीचमा नै स्थगित गरिएको थियो । स्थगित आइपीओ बिक्री साउन ५ गते मंगलबारदेखि पुनः सुरु गरिएको हो ।

कुल निष्काशनको बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्ता शेयर सिन्धुपाल्चोक जिल्लाका अन्य गाउँपालिकामा तथा नगर क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुका लागि निष्काशन गरिएको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया