काठमाडौं - मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले विशेष साधारण सभा गर्ने भएको छ । कम्पनीले साउन २४ गतेका दिन आफ्नो विशेष साधारण सभा गर्ने भएको छ ।
सभा कम्पनीको मुख्य कार्यालय, त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने भएको छ । साउन ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभा गर्ने निर्णय गरेको हो ।
विशेष सभाले आईपीओ निष्कासन गर्ने र विविध विषयमा छलफल गर्नेछ ।
प्रतिक्रिया