वैदेशिक रोजगारीका लागि मलेसिया गएका २८ नेपालीहरु स्वदेश फर्किने तयारीमा

४ बर्ष अगाडि

काठमाडौं - वैदेशिक रोजगारीका लागि मलेसिया गएका २८ जना नेपालीहरु स्वदेश फर्किने तयारीमा रहेका छन् । मलेसियाको अध्यागमन विभागका अनुसार ओभर स्टे भएका उनीरुलाई प्रहरीले पक्राउ गरी डिटेन्सन क्याम्पमा राखी जरिवाना तिराएर नेपाल पठाउन लागेको हो । 

फर्किन लागेकाहरु मलेसियाको पेनाङस्थित जुरु क्याम्पबाट, सेमेन्तारा रेलाउ र केलानतान क्याम्पमा राखिएकाहरु रहेका छन् । स्वदेश फर्किनु अघि उनीहरुको कोरोना परीक्षण रिपोर्ट नआए उतै रोकिनु पर्ने हुन्छ ।

उनीहरुलाई स्वदेश फकाउन गैर आवासीय नेपाली संघ (एनआरएनए), प्रवासी नेपाली समन्वय समिति (पिएनसिसि) तथा विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् ।

मलेसियामा अवैधानिक रुपमा बसे ३ महिनाको जेल सजाय हुने गरेको छ ।
 
 

४ बर्ष अगाडि

प्रतिक्रिया