स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ

४ बर्ष अगाडि

काठमाडौं - स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेका छन् । उनलाई झापा गाउँपालिका–२ बेलाइतिबारीबाट पक्राउ गरिएको हो । 

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने प्रहरीले जनाएको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया