नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना पुष्टि भएको छ । १४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो संगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या पीसीआर विधिबाट ६ लाख ७९ हजार १७ जना र एन्टिजेन विधिबाट ५४ हजार २४३ जना पुगेका छन्
यही अवधिमा थप २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् भने १६ जनाको मृत्यु भएको छ ।यो संगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ ।
हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन् । यसमध्ये काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका छन् ।
त्यस्तै, प्रदेश १ मा मोरङमा सर्वाधिक १६४, प्रदेश २ मा रौतहटमा १३, गण्डकी प्रदेशमा कास्कीमा २७१, लुम्बिनी प्रदेशमा पाल्पामा ३६, कर्णाली प्रदेशमा जुम्लामा ४१ र सुदूरपश्चिम प्रदेशमा कैलालीमा सर्वाधिक ६४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया