नोकियाले भारतीय बजारमा फोरजी सपोर्ट गर्ने फिचर फोन ‘नोकिया(११०’ सार्वजनिक गरेको छ । १।८ इन्चको कलर डिस्प्ले रहेको फोनमा फोरजी नेटवर्कसहित एचडी भ्वाइस कलिङ, वायर्ड र वायरलेस एफएम रेडियो, १३ दिनसम्मको स्ट्यान्डबाइ टाइम लगायतका फिचर रहेका छन् ।
नोकियाको यो फोनमा ३।५ एमएमको अडियो ज्याक, थ्री इन वान स्पिकर, भिडिओ र एमपीथ्री प्लेयर रहेको छ । यो फोनमा १०२० एमएएचको ब्याट्री रहेको छ । यसमा १२८ एमबीको र्याम र ४८ एमबीको इन्टर्नल स्टोरेज रहेको छ, जसलाई ३२ जीबीसम्म स्टोरेज बढाउन सकिन्छ । ।
त्यस्तै फोनमा ०.८ मेगापिक्सेलको रियर क्यामेरा रहेको छ । डबल सिम सपोर्ट गर्ने फोनको तौल ८४.५ ग्राम रहेको छ । भारतीय बजारमा यो फोनको मूल्य २,७९९ भारू तोकिएको छ ।
नेपाली बजारमा पनि यो फिचर फोन चाँडै सार्वजनिक हुने अनुमान गरिएको छ ।टेकपाना
प्रतिक्रिया