भारतको महाराष्ट्रमा बाढी : १३६ जनाको मृत्यु, २०० बढी जिल्लाका प्रमुख इलाकासँग सम्पर्कविच्छेद

४ बर्ष अगाडि

एजेन्सी - भारतको महाराष्ट्र राज्यमा बिहीबारदेखि शनिबारसम्म पनि लगातार वर्षा भइरहेको छ । अविरल वर्षाका कारण विभिन्न घटनाहरु परी १३६ जनाको मृत्यु भइसकेको छ । 

वर्षाका कारण ठाणे, रायगढ, रत्नागिरी, सतारा, सांगली र कोल्हापुर गरी विभिन्न जिल्लाहरुका ८ हजार प्रभावितको उद्धार गरिएको भारतीय प्रहरीले जनाएको छ । भारतीय सञ्चार माध्यमका अनुसार २०० भन्दा बढी जिल्लाका प्रमुख इलाकासँग सम्पर्कविच्छेद भएको छ । 

गोवादेखि महाराष्ट्र इलाकामा अगामी दुई दिनसम्म ‘रेड अलर्ट’ जारी गरिएको छ । ६ जिल्लामा एनडिआरएफको १८ वटा टिम तैनाथ गरिएको छ । ८ टिम सतर्क अवस्थामा छन् । २ टिम रायगढमा आएको पहिरोबाट भएको क्षतिमा उद्धारमा जुटिरहेका छन् । यसका साथै, रायगढमा नेवी र कोल्हापुर, रत्नागिरीमा आर्मीको मद्दतमा रेस्क्यु अपरेशन चलाइएको छ ।

यस्नै भारी वर्षाका कारण महाराष्ट्रको रायगढ जिल्लामा आएको पहिरोमा परी मर्नेको संख्या ४४ पुगेको छ । शुक्रबार तलाई गाउँबाट ३२ शव निकालिएको छ । 

साथै रत्नागिरीको पोलाडपुर तालुकाको गोवेले पञ्चायतमा बिहीबार गएको पहिरोमा १० घर पुरिएको थियो । उक्त पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । १० जनाको सकुशल उद्धार गरिएको छ । 

यस्तै, पाटन पहिरोमा ३० जना बेपत्ता भएका छन् । ३०० को उद्धार गरिएको छ भने उधर, चिपलुनको कोभिड अस्पतालमा पानी भरिएपछि ८ बिरामीको मृत्यु भएको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया