काठमाडौं - बलिउड अभिनेत्री शिल्पा सेट्टीले श्रीमान् राज कुन्द्राको कम्पनी ‘भिआन इन्डस्ट्रिज’को निर्देशक पदबाट राजिनामा दिएकी छन् ।
महाशाखाले शिल्पाको घरमा पनि प्रमाण खोजी गरिरहेको छ । पोर्न भिडियो उत्पादन र बिक्री वितरण गरेको आरोपमा प्रहरीले शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई केही दिन अगाडि पक्राउ गरेको थियो ।
शिल्पाले कम्पनीबाट राजीनामा दिएपछि उनीमाथि अनुसन्धान भइरहेको भारतीय मिडियाले जनाएका छन् । उनले उक्त कम्पनीमा निर्देशकका रुपमा बिताएको समयावधिबीचको आय, शिल्पाको बैंक एकाउन्ट अनि शिल्पाले कसरी पैसा कमाइरहेकी छन् भन्ने बारेमा पनि अपराध महाशाखाले अनुसन्धान गर्ने जनाइएको छ ।
यो भन्दा अगाडि अपराध महाशाखाले भियान इन्डस्ट्रिजको सिसिटिभी फुटेज जाँच गरेको थियो । त्यतिबेला सिसिटिभिको डाटा डिलिट गरिएको थियो । फोरेन्सिकले मेटाइएका डाटा पुन फर्काउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।
हालसम्म शिल्पा राजको यो व्यवसायको हिस्सेदार भएको कुनै प्रमाण भेटिएको छैन । जुलाई १९ मा जब प्रहरीले शिल्पाका श्रीमान् तथा व्यवसायी राज कुन्द्रालाई पक्राउ गरेर लग्यो, शिल्पाले कुनै पनि रियालिटी शो मा उपस्थिति जनाएकी छैनन् ।
शिल्पाका श्रीमान् राज कुन्द्रालाई जुलाई २७ सम्म हिरासतमा राखेर अनुसन्धान गर्ने जनाएको छ । साथै मुम्बई प्रहरीले पति राज कुन्द्राको विषयमा शिल्पासँग सोधपुछ गरेको छ ।
पति राजसँगै राखेर शिल्पासँग प्रहरीले सोधपुछ गरेको जनाइएको छ ।
प्रतिक्रिया