प्रियंकाले बेचिन् मुम्बईमा रहेको दुई अपार्टमेन्ट, मूल्य कति ?

४ बर्ष अगाडि

एजेन्सी - बलिउड अभिनेत्री प्रियंका चोपडाले मुम्बईमा रहेको दुईवटा अपार्टमेन्ट बेचेकी छन् । उनी अमेरिका शिफ्ट भएपछि मुम्बईको अपार्टमेन्ट बेचेकी हुन् । 

उनले यही मार्च महिनामा सात करोड भारतीय रुपैयाँमा उक्त अपार्टमेन्ट बेचेकी हुन् । सन् २०१८ मा हलिउड अभिनेता निक जोनससँग विवाह गरेपछि प्रियंका अमेरिमा बस्दै आएकी छन् । 

उनले अमेरिकामा रेष्टुरेन्ट खोलेकी छिन् । न्यूयोर्कमा खोलिएको यो रेष्टुरेन्ट निकै चर्चामा छ । प्रियंकाको यो रेष्टुरेन्टमा भारतीय खाना पाइन्छ । 

उनले केही हलिउड फिल्ममा समेत काम गरेकी छन् । 

४ बर्ष अगाडि

प्रतिक्रिया