बार्सिलोनाको टिमबाट मेसीको नाम हट्यो

४ बर्ष अगाडि

एजेन्सी - स्पेनिस ला लिगाको आधिकारिक वेबसाईटले बार्सिलोनाको टिमबाट लियोनल मेसीको नाम हटाएको छ । 

जुनको अन्तिममा बार्सिलोनासँग मेसीको सम्झौता सकिएको थियो । तलब कटौती गरेर मेसी बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न राजी भएको भनिए पनि अझै औपचारिकता पाएको छैन । 

त्यसकारण ला लिगाले ३४ वर्षीय मेसीको नाम बार्सिलोनाको टिमबाट हटाएको हो । बार्सिलोनाबाट उनी १७ वर्षदेखि सिनियर टिमबाट खेलिरहेका थिए । बार्सिलोनाका कीर्तिमानी खेलाडी मेस्सीले बार्साबाट मात्रै ७०९ गोल गरेका छन् । यो मैत्रिपूर्णसमेत गरेर हो । आधिकारिक रुपमा भने उनले ६७२ गोल गरेका छन् । 

बार्सिलोनाका नयाँ अध्यक्ष जोआन लापोर्टाले मेस्सीलाई क्लबमै राख्न निकै प्रयत्न गरिरहेका थिए । उनको चुनावी नारा नै मेस्सीलाई क्लबमा राख्ने रहेको थियो । 

अर्जेन्टिनाबाट कोपा अमेरिकाको उपाधि जितेका मेसी अहिले बिदामा छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया