काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेको बताएका छन् । साथै यो सँगै आफू तनावमा परेको बताएका छन् ।
शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले आफ्नो पार्टी नेकपा माओवादीका सबै सांसद मन्त्री बन्न चाहेको बताएका हुन् ।
उनले भने, 'मन्त्री बन्न दबाब दिने मान्छेहरुको हुलबाट आएको छ । ४९ जना सबैलाई मन्त्री चाँहिएको छ । तर पाउने त थोरै छ ।'
प्रतिक्रिया