एमाले एकता अन्तिम चरणमा, ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयारी

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । 

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम चरणमा पुगेको बताएका छन् ।

ओली र नेपालबीच भेटवार्ता गराएर एकतालाई चाँडै सार्वजनिक गर्ने तयार भइरहेको विघटित कार्यदलका सदस्यहरुको भनाइ छ । 

‘एकताको काम अन्तिम चरणमा पुर्याएका छौं,’ कार्यदलका एक सदस्यले भने,‘ एकताको अस्त्र के हो भन्ने अहिले नै सार्वजनिक नगर्ने भन्ने छ । आजभोलि नजिता आउछ।’ 

४ बर्ष अगाडि

प्रतिक्रिया