टोकियो ओलम्पिक : जुडोमा नेपालकी सोनिया इरिनासँग पराजित, कल्पना परियारले बनाइन् राष्ट्रिय कीर्तिमान

४ बर्ष अगाडि

काठमाडौं - टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सहभागी सोनिया भट्ट पराजित भएकी छिन् । उनी ४८ केजी मुनिको समूहमा रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन् ।

आजै सम्पन्न अर्को खेलमा कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाइन् । प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी छिन् ।

उनले महिलातर्फको १० मिटर राइफलमा ११६.८ अंक बनाइन् । उनले यसअघिको आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएकी हुन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया