लामो दूरीका सवारी सञ्चालन गर्न अनुमति, आजबाट लागू

४ बर्ष अगाडि

काठमाडौं - काठमाडौं जिल्ला प्रशासन कार्यालयले लामो दुरीको सवारीसाधन सञ्चालन गर्न अनुमति दिएको छ ।

शनिबारदेखि लागू हुने गरी मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा गर्न प्रशासनले अनुमति दिएको हो ।

शुक्रबार आदेश जारी गर्दै काठमाडौं जिल्ला प्रशासनले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

लामो दूरीमा यात्रा गर्नेलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर यात्रा गर्न समेत प्रशासनले भनेको छ ।

 
 

४ बर्ष अगाडि

प्रतिक्रिया