आईपीओ निष्कासनको अनुमति लागि ३ कम्पनीले दिए बोर्डमा निवेदन, कुन कुन ?

४ बर्ष अगाडि

काठमाडौं - विभिन्न ३ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेका छन् ।

एक हाइड्रोपावर र दुई लघुवित्त वित्तीय संस्था गरि जम्मा तीन कम्पनी सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड पुगेका हुन् ।

मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेड, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईपीओ निष्काशनको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएका हुन् ।

मोलुङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणको लागि ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग्दै बोर्डमा आवेदन दिएको हो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ ।

यस्तै जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्काशनको लागि आवेदन दिएको छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

यसैगरी राष्ट्र उत्थान लघुवित्त वित्तिय संस्थाले पनि ८ करोड ५० लाख रूपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा आवेदन दिएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया