६६ वर्षकी बृद्धाले खेल्दैछिन् ओलम्पिक, को हुन् ?

४ बर्ष अगाडि

काठमाडौं - आजबाट औपचारिक रुपमा टोकियो ओलम्पिक सुरु हुँदै छ । उक्त ओलम्पिक खेल्ने झन्डै ११ हजार खेलाडीमध्ये ६६ वर्षकी म्यारी हान्न सबैभन्दा पाको खेलाडी हुन् ।

अष्ट्रेलियन इक्वेस्ट्रियन खेलाडी म्यारी हान्न सातौं पटक ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछिन् । उनले टोकियोमा ओलम्पिक इतिहासमै दोस्रो पाको महिला खेलाडीको कीर्तिमान बनाउने छिन् । 

ब्रिटेनकी लोर्ना जोन्स्टोनले सन् १९७२ मा ७० वर्षको उमेरमा प्रतिस्पर्धा गरेकी थिइन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया