दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको स्मार्टफोन सार्वजनिक गर्दै साओमी

४ बर्ष अगाडि

 काठमाडौं - साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी भएको नयाँ स्मार्टफोन ल्याउने भएको छ । 

साओमीले नयाँ हाइपरचार्ज स्मार्टफोनको उत्पादन अर्को वर्षदेखि सुरु गर्ने जिएसएम एरेनाले जनाएको छ ।  कम्पनीले यस्तो टेक्नोलोजी भएको स्मार्टफोन ल्याउने योजना इन्टरनेटका केही ब्लगहरुले खुलासा गरेका हुन् । 

हाइपरचार्ज नामले नै चिनिने यो स्मार्टफोनमा हुने दुई सय वाटको चार्जिङ टेक्नोलोजीबाट फोन ८ मिनेटमा नै पुरा चार्ज हुने कम्पनीले ट्विटरमा उल्लेख गरेको छ । यदि प्रयोगकर्ताले वायरलेस चार्ज गर्न चाहान्छन् भने यो फोन १५ मिनेटमा पुरा चार्ज हुनेछ । 

साओमीले दुई सय वाट चार्जिङ टेक्नोलोजी यसअघि आफ्नो ‘साओमी एमआई ११ प्रो’ स्मार्टफोनमा प्रदर्शन गरेको थियो । यसले चार हजार एमएएचको ब्याट्री पावर भएको उक्त फोनलाई १५ मिनेटमा नै पुरा चार्ज गरेको थियो । 

तर, यस टेक्नोलोजीले फोनको चार्ज २० प्रतिशतले घटाउन थालेको थियो । 

४ बर्ष अगाडि

प्रतिक्रिया