काठमाडौं - आजबाट औपचारिक रुपमा शुरु हुने ३२औं गृष्मकालीन ओलम्पिकमा विश्वभरका करिब ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् ।
उक्त टोकियो ओलम्पिक २०२० मा सिरियाकी हेन्ड जाजा सबैभन्दा कान्छी खेलाडी हुन् । उनको उमेर १२ वर्ष मात्र रहेको छ । उनी टोकियोमा सिरियाबाट टेबलटेनिसमा प्रतिनिधित्व गर्दैछिन् ।
साथै उनी ओलम्पिकमा सिरियाबाट टेबलटेनिसमा सहभागी हुने पहिलो खेलाडी समेत हुन् । जाजाले टोकियो २०२० को छनोटमा ४२ वर्षीय लेबनानी खेलाडी मारियाना साहाकियनलाई पराजित गरेकी थिइन् ।
जाजाले ६ वर्षको उमेरमै कतारको दोहामा वल्र्ड होप्स विक एण्ड च्यालेन्ज इभेन्टमा प्रतिस्पर्धा गरेकी थिइन् । खेलमा प्रतिस्पर्धा गर्न उमेरले छेक्दैन भने जस्तै १२ वर्षमै जाज र हिराकीले ओलम्पिक जस्तो कुम्भमेलामा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया