७१ हजार नगद सहित ७ जुवाड पक्राउ

४ बर्ष अगाडि

काठमाडौं, काठमाडौं महानगरपालिका कलंकीबाट प्रहरीले ७ जुवाडेलाई पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित चन्द्रागिरी नगरपालिका–८ बस्ने ५० वर्षीय रविन बिडारीको ल–फर्मभित्र तास खेलिरहेको अवस्थामा बिडारी लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले नगद ७१ हजार ७ सय रूपैयाँ, १ थान तास खेल्न प्रयोग हुने उपकरण र ६ बुक ताससहित उनीहरुलाई पक्राउ गरेको हो ।

४ बर्ष अगाडि

प्रतिक्रिया