काठमाडौं - उपत्यकामा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले श्रमिकको पारिश्रमिक बढाएको हो ।
यसअघि दैनिक ७५० रहेकोमा ५ प्रतिशत बढाएर दैनिक ७९० पु¥याइएको छ । बैठकले आर्थिक वर्ष २०७८/७९ को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकहरूको ज्यालादर निर्धार्ण गर्नेक्रममा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाएको हो ।
यस्तै समितिले फोहोर, ढल,डकर्मी, सिकर्मी, नकर्मी, चित्रकारलगायत सबै प्रकारका श्रमिकको ज्याला बढाएको छ ।
प्रतिक्रिया