काठमाडौं - चितवनको भरतपुरमा नेपाली सेनामा कार्यरत भरत गुरुङको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
नेपाली सेनामा कार्यरत धादिङ घर भएका ३६ वर्षीय गुरुङको बिहीबार भरतपुर महानगरपालिका १७ मा शव फेला परेको थियो । उनको टाउकोमा गोली लागेको थियोे ।
घटनास्थलबाट गोलीको खोका समेत बरामद भएको थियो । उक्त घटनाको अनुसन्धानको क्रममा प्रहरी एकजनालाई पक्राउ गरेको थियो ।
प्रहरीले एक थान हतियार समेत बरामद गरेको छ । पक्राउ परेका व्यक्ति र घटनाको सम्बन्धमा प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
प्रतिक्रिया