कुवेतमा तीन नेपालीको मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागी कुवेत पुगेका ३ नेपालीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा लमजुङका अमिर तामाङ, धनकुटाकी सुमित्रा तामाङ र सिराहाका राजिउल्लाह मोहम्मद छन् । लमजुङका २५ वर्षीय तामाङको आफ्नो कोठामा सुतेकै अवस्थामा मृत्यु भएको हो ।
५ वर्ष अघि रोजगारीका लागी कुवेत पुगेका तामाङ गैरकानुनी रुपले कुवेतमै बस्दै आएका
कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
यस्तै, धनकुटाकी सुमित्रा तामाङले आफू बस्ने कोठामा झुण्डिएको अबस्थामा फेला परेकी थिइन्। घरेलु महिलाको रुपमा कार्यरत तामाङले कुवेतको साल्मियामा रहेको घरमालिकको अपार्टमेन्टमा आत्महत्या गरेको दूतावासले जनाएको छ । ।
यस्तै कुवेतको हार्दिस पिज्जा कम्पनीमा डेलिभरी ब्याईको काम गर्ने सिराहाका राजिउल्लाह मोहम्मदको पनि सवारी दुर्घटनामा मृत्यु भएको छ ।
उनीहरु कार्यरत कम्पनी तथा स्पोन्सरसँग समन्वय गरेर आवश्यक प्रक्रिया पूरा गरी मृतक तीन जनाकै शव स्वदेश पठाउने कार्य अघि बढाइएको दूतावासले जनाएको छ ।
प्रतिक्रिया