काठमाडौं - आजदेखि सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ । पहिलो चरणमा बागमती प्रदेशभित्र सवारी कर, जरिवाना लगायतका राजस्व भुक्तानीसँगै ब्लुकुब नवीकरण पनि अनलाइनबाटै गर्न सकिने भएको हो ।
बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज प्रदेशको राजधानी हेटौडाबाट यो सेवाको उद्घाटन गर्ने भएका छन् । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार वेबपोर्टल र नागरिक एपबाट दुबैबाट रकम भुक्तानी गर्न सकिने छ ।
यसका लागि प्रदेश सरकारले छुट्टै यातायात व्यवस्थापन सूचना प्रणाली (टीएमआईएर्स) तयार पारेको छ ।
प्रतिक्रिया