के सलमानले दुबईमा १७ वर्षीय छोरी र पत्नी लुकाएका छन् ? यस्तो दिए जवाफ !

४ बर्ष अगाडि

काठमाडौं, सलमान खानको पछिल्लो समय पत्नी र १७ वर्षकी छोरीलाई दुबईमा लुकाएको हल्ला फैलिएको थियो । 

सलमानले हालै मात्र उक्त कुराको जवाफ दिएका छन् । सलमानले आफ्ना भाई अरबाज खानको टक शो ‘पिन्च टु’ टुमा यस्तो आरोपबारे खुलेर जवाफ दिएका छन् । 

शोमा उनले आउने अतिथीहरुले ट्रोलर्स र उनीहरुले गरेका टिप्पणीमाथि प्रतिक्रिया दिन्छन् । एउटा कमेन्टमा लेखिएको थियो ,‘कहाँ लुकेको छस्, डरपोक । भारतमा सबैलाई थाहा छ कि तँ दुबईमा आफ्नी श्रीमती नूर र १७ वर्षकी छोरीसँग बस्छन् । भारतका मानिसहरुलाई कहिलेसम्म मुर्ख बनाउँछस् ।’

सलमानले यस अफवाहलाई खारेज गर्दै भनेका छन् ,‘यो सबै बकवास हो । उनले कसका बारे टिप्पणी गरेका हुन् र कहाँ पोस्ट गरे भन्ने मलाई थाहा छैन । म उनलाई भन्न चाहन्छु, ‘भाई मेरी पत्नी छैनन् ।’ म ९ वर्षको उमेरदेखि भारतमा ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएको छु । मैले यी व्यक्तिलाई जवाफ दिन गइरहेको छैन । म कहाँ बस्छु भनेर पुरै भारतलाई थाहा छ ।’

यस्तै, शोम उनलाई सोशल मिडिया सल्लाहकारका रुपमा कैटरिया कैफ वा दिशा पटानीमध्ये कसलाई राख्न चाहनुहुन्छ भनेर सोधिएको थियो । उनले कैटरिनाको नाम लिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया