नेकपा एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिने

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन् । रावलले आज बस्ने प्रतिनिधिसभा बैठकअघि राजीनामा फिर्ता लिने बुझिएको छ ।

उनले असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि राजीनामा दिएका थिए । देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग खटपट भएपछि उनले राजीनामा दिएका थिए । 

रावललाई राजीनामा फिर्ता लिन एमाले नेताहरूले दबाब दिएका थिए । तर, पत्रकारलाई आफूले राजीनामा दिएको जानकारी दिएका थिए । राजीनामा फिर्ता गर्न आग्रह गर्दै एमाले वरिष्ठ नेता नेपाल बिहीबार रावल निवास टोखा पुगेका थिए । 

त्यस्तै‚ सुदूरपश्चिम प्रदेशका सांसदहरुले पनि उनलाई राजीनामा फिर्ता लिन दवाब दिएका थिए । एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

४ बर्ष अगाडि

प्रतिक्रिया