इक्वेडरको दुई जेलमा झडप, ८ कैदीको मृत्यु हुँदा प्रहरीसहित २० जना घाइते

४ बर्ष अगाडि

एजेन्सी - इक्वेडरको दुई जेलमा भएका झडपमा परी कम्तीमा आठ जना कैदीको मृत्यु भएको छ । झडपमा परेर अन्य २० जना घाइते भएका छन् । घाइते हुनेमा केही प्रहरीहरु समेत छन् ।

इक्वेडर दक्षिणपश्चिमी प्रान्त गुआसमा रहेको जेलमा भएका हिंसामा कैदी मारिएका हुन् । झडप एन्डियन प्रान्तको कोटोपाक्सीमा भएको हो ।

इक्वेडरको जेलमा क्षमताभन्दा बढी कैदीहरू रहेका हुनाले समय समयमा झडप हुने गरेको छ । गत फेब्रुअरीमा पनि त्यहा दुई जेलमा हिंसात्मक झडप भएका थिए ।

देशको मुख्य कारागारमा प्रतिस्पर्धी प्रतिद्वन्द्वी समूहबीच झडपमा परी एकै दिनमा ७९ जना कैदीको मृत्यु भएको थियो ।

४ बर्ष अगाडि

प्रतिक्रिया