काठमाडौं, प्रिमियर इन्सुरेन्स कम्पनीको संस्थापक सेयर लिलामीमा आवेदन दिने आज (शुक्रबार) अन्तिम दिन रहेको छ ।
कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको थियो। आज कार्यालय समयसम्म यसमा आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम भाउ ५५० रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ५५० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसअघि लिलामी बिक्री खुला गर्दा आवेदन नपरेपछि कम्पनीले फेरि बिक्रीमा ल्याएको हो ।
यसमा विद्यमान संस्थापक सेयरधनी सहित अन्य इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थाले पनि आवेदन दिन सक्नेछन् । न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी बोलपत्र बुझाउन सक्नेछन् ।
प्रतिक्रिया