टोक्यो ओलम्पिकको औपचारिक उद्घाटन आज, फेसबुक र गुगलको लोगोमा परिवर्तन

४ बर्ष अगाडि

काठमाडौं - टोक्यो ओलम्पिकको उद्घाटन आज हुँदै छ । नेपाली समय अनुसार आज दिउँसो ४ बजे जापानको राजधानी टोक्योमा ओलम्पिकको औपचारिक उद्घाटन हुँदैछ ।

सोही उद्घाटनको सेलेब्रेसनमा फेसबुक र गुगलले आफ्नो लोगोमा पनि परिवर्तन ल्याएको छ । लोगोमा ओलम्पिकमा प्रदर्शन गरिने खेलहरु समेटिएको छ । फेसबुकले आफ्नो लोगोमा खासै परिवर्तन गरेको पाइदैन, गुगलले जस्तो ।

तर, यस पटक फेसबुकले आफ्नो लोगोमा रोमाञ्चक परिवर्तन गरिरहेको छ । कोही वेट लिफ्ट गरिरहेका, कोही आर्चरी खेलिरहेका एनिमेसन फेसबुकको लोगोमा बारम्बार देखिन्छ । देखिएन भने लोगोमा ट्याप गरेर पनि हेर्न सकिन्छ । 

गुगलले पनि आफ्नो लोगोमा परिवर्तन ल्याएको छ । गुगल डुडलमार्फत टोक्यो ओलम्पिक्सको सेलेब्रेसन गरेको देखिन्छ । डुडलमा जापानको भूगोल र संस्कृति झल्काउने एनिमेसनहरु प्रस्तुत गरिएको छ । अघिल्ला डुडलहरुभन्दा यो पृथक छ । डुडलमा ट्याप गर्दा केही लामो समय नै एनिमेसनसहितको भिडियो प्ले हुन्छ । 

टोक्योमा सन् २०२० मा आयोजना गर्ने भनिएको ओलम्पिक कोभिड-१९ सङ्क्रमणका कारण सन् २०२१ मा सारिएको हो । नेपालका तर्फबाट पाँच जना खेलाडीले ओलम्पिकमा भाग लिँदैछन । नेपाली टोलिका तर्फबाट पौडी खेलाडी गौरिका सिंहले झन्डोत्तलन गर्नेछिन ।

४ बर्ष अगाडि

प्रतिक्रिया