आज कहाँ कहाँ हुँदैछ भारी वर्षा ?

४ बर्ष अगाडि

काठमाडौं– मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश नं १, बागमती, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

भारी वर्षाका कारण पहाडी  भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव जोखिम रहेको हुनाले नदि नाला र खहरे खोलामा  पानीको सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

महाशाखाले आज मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको जनाएको छ । 

यसैगरी, शुक्रबार दिउँसोको मौसम पूर्वानुमानका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने, प्रदेश १, लुम्बिनी तथा बागमती प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यसैगरी, राति देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

भने राति सुदूरपश्चिम प्रदेशका एक९दुई स्थानमा भारी वर्षाको हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया