काठमाडौं– नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार विहान ९ बजे बूढानीलकण्ठमा बोलाएका हुन् ।
देउवाका स्वकीय सचिव भानु देउवाले १४औँ महाधिवेशनको सन्दर्भमा छलफल गर्न बैठक बोलाइएको बताए । यसअघि साउन १ र २ गते प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बसेको थियो । बालुवाटारमा पार्टी बैठक राखेर निवर्तमान प्रधानमन्त्री केपी ओलीको गलत अभ्यासलाई निरन्तरता दिएको भन्दै प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।
सामाजिक सञ्चालनमा चर्को आलोचना भएपछि काँग्रेस नेताहरूले नै बैठक नराख्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका थिए । सामाजिक सञ्चालनको विरोध र नेताहरू सुझाव पछि देउवा बालुवाटारमा पार्टी बैठक नराख्ने निर्णय पुगेको बुझिएको छ ।
अबदेखि बालुवाटारमा बैठक नराख्ने निर्णय भएको काँग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए । त्यसको सुरुवात शुक्रबार बूढानीलकण्ठको बैठकबाट गरिने उनको भनाइ छ ।
प्रतिक्रिया