फिल्म ‘पठान’ मा साउथ अभिनेत्री नयनतारासंग रोमान्स गर्दै शाहरुख

४ बर्ष अगाडि

काठमाडौं, अभिनेता शाहरुख खान फिल्म ‘पठान’ बाट कमब्याक गर्ने तयारीमा छन् । 
 
यो पेन इन्डिया फिल्मका लागि शाहरुखको अपोजिटमा साउथकी चर्चित अभिनेत्री नयनतारालाई साइन गरिएको छ । पिंकविलाको रिपोर्ट अनुसार, निर्देशक एटली र शाहरुख खानले लगातार नयनतारासँग कुराकानी गरिरहेका थिए । हालै उनीसँग निर्माण टिमले कागजी सम्झौता पूरा गरेको छ । फिल्ममा अरु पनि बलिउड र साउथका ठूला कलाकारलाई साइन गराउने तयारीमा निर्माण छ ।
 
फिल्ममा शाहरुखको दोहोरो भूमिका हुनेछ । नयनताराको भूमिकाको बारेमा भने निर्माण टिमले कुनै जानकारी दिएको छैन । फिल्मलाई शाहरुख खानको प्रोडक्सन हाउस रेड चिल्लीले निर्मााण गर्नेछ । फिल्मको लोकेशन, लुक टेस्ट, कास्टिङ जस्ता बाँकी चिजको तयारी सुरु भइसकेको छ । एटलीले यसअघि ‘मेर्सल, थलपथि ६३, थेरी’ जस्ता सफल फिल्मको निर्देशन गरिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया