काठमाडौं, पछिल्लो २४ घण्टामा उपत्यकामा ७५१ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जनामा कोरोना देखिएको छ।
योसँगै तीनै जिल्लामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा पाँच हजार ९१६, ललितपुरमा एक हजार ६१ र भक्तपुरमा ९३५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ३७५ पुगेको छ।
आज देशभर दुई हजार ७१४ मा कोरोना देखिएको छ भने २४ जनाको मृत्यु भएको छ।
प्रतिक्रिया