ब्राउनसुगर र खैरो हेरोइन सहित ४ जना पक्राउ

४ बर्ष अगाडि

दाङमा बस चेकजाँच गर्दा ब्राउनसुगर सहित ३ लाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्जबाट तुलसीपुर जाँदै गरेको बसमा चेकजाँच गर्दा ९ ग्राम ब्राउनसुगर सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

नेपालगञ्जबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ७२९४ नम्बरको यात्रुबाहक बस दमारगाउँ प्रहरी चौकीमा जाँचका क्रममा पक्राउ परेका हुन् ।

 प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नं।६ भीआइपी टोल निवासी ४५ बर्षीया चामुकुमारी विश्वकर्मालाई ७ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । उनले आफुले बोकेको झोलामा राखेर ब्राउनसुगर ओसारपसार गरिरहेको अबस्थामा पक्राउ गरिएको हो । यस्तै मोटरसाइकलमा सवार दुई किशोरलाई २ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।

तुलसीपुर उपमहानगरपालिका वडा नं। १ पैयाखोरे निवासी १८ बर्षीय प्रेमप्रकाश विकले चलाएको रा ५ प ८५१५ नम्बरको मोटरसाइकलको पछाडी सवार तुलसीपुर ४ निवासी १४ बर्षीय किरण विकले मास्क भित्र ब्राउनसुगर लुकाएको अबस्थामा दुबैजनालाई पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान शुरु भएको दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताए ।

यस्तै  लागु औषध खैरो हेरोइन सहित प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ बाट एकजना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी घर भएका २१ वर्षीय शैलेस अवस्थी छन् ।

उनको साथबाट २ सय ३० मिलिग्राम लागु औषध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (डिएसपी) प्रतिक विष्टले  बताए । बुधवार साँझ पक्रेर अवस्थीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया