'दुई तिहाइको सरकार आफ्नै कारणले असफल': सांसद रायमाझी

४ बर्ष अगाडि

राष्ट्रियसभाको विशेष समयमा सांसद रमेशजङग रायमाझीले अन्य दलका कारणले भन्दा पनि दुई तिहाइको सरकार आफ्नै कारणले असफल भएको टिप्पणी गरे। सांसद रामनारायण विडारीले वर्तमान सरकारलाई विकास निर्माणका साथै किसान र मजदूरको पक्षमा काम गर्न अग्रह गरे। 

उनले सर्वोच्च अदालतको परमादेशबारे राजनीतिक दलका नेताहरुले गरेको टिप्पणीले संवैधानिक नैतिकताको खाडल सिर्जना भएको टिप्पणी गरे ।   

सांसद ठगेन्द्र प्रकाश पुरीले बजारमा वस्तु खरीद गर्दा उपभोक्ता ठगिने गरेको बताउँदै वस्तुको बिक्री वितरणसम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।  

सांसद डा विमला राई पौडेलले नागरिकतासम्बन्धी विधेयकलाई जतिसक्दो चाँडो अगाडि बढाउनुपर्ने माग गरिन् । सांसद चक्रप्रसाद स्नेहीले भ्रष्टाचारको अन्त्य गर्दै देशैभरि भएका हत्या, हिंसा, बलात्कार रोक्नुपर्नेमा जोड दिए । सांसदहरु खिमलाल देवकोटा, कोमल वली, भैरव सुन्दर श्रेष्ठ, देवेन्द्र दाहाल र अनिता देवकोटाले विविध समसामयिक विषयमा विचार राखेका थिए । 
 

४ बर्ष अगाडि

प्रतिक्रिया