अपमान सहेर नबस्ने नेपालको चेतावनी

४ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर नबस्ने चेतावनी दिएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसका अवसरमा काठमाडौंको चम्पादेवीमा भएको कार्यक्रममा नेता नेपालले आफ्नो घरको माया सबैलाई लाग्ने तर त्यसो भन्दैमा अपमान सहेर नबस्ने चेतावनी दिएका छन् । 

नेकपा एमालेलाई क्रान्तिकारी र आम नागरिकको पार्टी बनाउने अभियानमा अवरोध भइरहेको तर आम कार्यकर्ताको चाहनालाई कसैले रोक्न नसक्ने उनले बताए । 

उनले अध्यक्ष केपी शर्मा ओलीले घरको बार्दलीबाट धारे हात लगाउने र कार्यकर्तालाई बाँदर जुलुस निकाल्न लगाएर नाटक मञ्चन गरेको आरोप पनि लगाए ।

४ बर्ष अगाडि

प्रतिक्रिया