काठमाडौं - टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्टले पहिलो चरणमा रसियाका इरिना डोल्गोभासँग प्रतिस्पर्धा गर्ने भएकी छिन् । बिहीबार सार्वजनिक गरिएको ड्रअनुसार महिला ४८ केजी तौल समूहमा सोनिया र इरिनाबीच पहिलो चरणमा प्रतिस्पर्धा हुने तय भएको हो ।
खेल आगामी शनिबार हुनेछ । प्रारम्भिक चरणको खेल स्थानिय समयअनुसार विहान ११ बजे सुरू हुनेछ । यो समूहको पदकको टुंगो शनिबार नै लाग्नेछ ।
रसियाकी इरिनाले आफ्नो देशको झण्डाबाट भने खेल्ने छैनन् । रसिया डोपिङ प्रकरणमा प्रतिबन्धमा परेको कारण रसियाका खेलाडीहरू ओलम्पिकको झण्डबाट ओलम्पिकमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया