होण्डा नेपालको नाममा फेसबूकमा 'स्पाम' आतङ्क, लिङ्क नखोल्न सबैलाई आग्रह

४ बर्ष अगाडि

काठमाडौं - होण्डा नेपालको नाममा हाल फेसबूकमा 'स्पाम' फैलिरहेको छ । होन्डाको ७० औं वार्षिकोत्सवको शुभकामनासहितको म्यासेज लिङ्क म्यासेन्जरमा फैलिइरहेको हो ।

यो लिङ्कमा क्लिक गरेपछि स्कुटर उपहार जितेको सन्देशसहित केही नियमहरू राखिन्छ । उक्त लिङ्कसहितको म्यासेज पाँच ओटा ग्रुप अथवा कम्तिमा २० जनालाई पठाउनुपर्ने र आफ्नो ठेगाना दर्ता गराउनुपर्ने शर्त पनि राखिएको छ । त्यसपछि ५ देखि ७ दिनभित्रमा स्कुटर डेलिभर गरिने उल्लेख गरिएको छ । 

होण्डा नेपालले एक सूचना प्रकाशन गर्दै यो एउटा स्पाम रहेको र यो लिङ्क नखोल्न सबैलाई आग्रह गरेको छ । यो लिङ्क झुक्याएर सम्बन्धित सूचना सङ्कलन गर्न जारी गरिएको ‘स्पाम’ म्यासेज हो । यसले  व्यक्तिगत सूचना संकलन गर्दछ ।

४ बर्ष अगाडि

प्रतिक्रिया