शिल्पा शेट्टीका श्रीमानको आफिसबाट अश्लिल फिल्म अपलोड हुने सर्वर बरामद

४ बर्ष अगाडि

एजेन्सी - अभिनेत्री शिल्पा शेट्टीका श्रीमान् राज कुन्द्रा पोर्नोग्राफीको आरोपमा पक्राउ परेका छन् । उनी अझै २३ जुलाईसम्म पुलिस हिरासतमा रहने बताइएको छ ।

मुम्बई क्राइम ब्रान्चका पुलिसले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । उक्त छापा मार्ने क्रममा पुलिसले उनको अफिसका केही कम्प्युटरका हार्ड डिस्क र सर्भर बरामद गरेको छ ।

समाचारका अनुसार बरामद गरिएको उक्त सर्वरको माध्यमबाट अश्लिल फिल्म ‘वी ट्रान्सफर’को माध्यमबाट अपलोड हुने गर्दथ्यो । यसका साथै, पुलिसले केही काजगपत्र, कुन्द्राका आइफोन तथा ल्यापटप समेत बरामद गरेको छ । बरामद भएका सबै सामान परिक्षणका लागि फोरेन्सिक ल्याबमा पठाइएको छ ।

राज कुन्द्रालाई क्राइम ब्रान्चले सोमबार पक्राउ गरेको थियो । उनलाई अश्लिल फिल्म बनाएको र केही एपमा देखाएको आरोप लागेको छ । यो मामिलामा अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया