सुनसरीमा प्रहरी इन्काउन्टरमा मारिएकाको सनाखत

७ बर्ष अगाडि

सुनसरी–सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरमा गत मङ्सिर २४ गते प्रहरी र हतियारधारी समूहबीच दोहोरो गोली हानाहानको घटना मारिएकाको आज सनाखत भएको छ । 

भिडन्तमा मारिएका सप्तरी हनुमान नगर कङ्कालीनी नगरपालिका–१३ स्थायी घर भई हनुमान नगर कङ्कालीनी नगरपालिका–८ जोगिनिया बस्ने ४० वर्षीय नसरुल मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । 

मृतक नसरुल अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा (विवेक समूह)को केन्द्रीय सदस्यसमेत रहेको मोर्चाले दाबी गरेको छ । 

मोर्चाका केन्द्रीय अध्यक्ष विनोदकुमार भनिने विवेक यादवले सुनसरीमा मारिएका व्यक्ति सप्तरीको गोबरगाढा–९ घर भएका आफ्नो पार्टीका केन्द्रीय सदस्य नसरुल मियाँ भएको दाबी गरेका छन् । 
 बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्वारा गठित राजनीतिक वार्ता टोलीसमक्ष हतियार बुझाउँदै सार्वजनिक गर्ने कार्यक्रममा मोर्चाले यस्तो दाबी गरेको हो । 


 

७ बर्ष अगाडि

प्रतिक्रिया