काठमाडौं - नेकपा एमालेका नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले तत्काल पार्टी अध्यक्षबाट राजीनामा दिएमात्रै पार्टी एकता हुने बताएका छन् ।
पुष्पलाल मित्रता केन्द्रका अध्यक्षसमेत रहेका खतिवडाले अब केपी ओली अध्यक्ष रहिरहेर पार्टी एकता सम्भव नभएको दावी गरे । उनले ओली पक्षले माधव नेपाललाई दोस्रो अध्यक्ष दिएर पार्टी एकता गर्न खोजेको भनेर गरिएका प्रचारवाजी षडयन्त्रको अर्को रुप भएको टिप्पणी पनि गरे ।
अध्यक्ष ओलीले एमालेको एकता नचाहेको ठोकुवा गर्दै खतिवडाले ओलीको भित्री हृदय एकताको पक्षमै नभएको आरोप लगाए ।
प्रतिक्रिया