भारतमा कालो ढुसीका संक्रमित ४५ हजार नाघे, ४३ सयको मृत्यु

४ बर्ष अगाडि

भारतमा  कालो ढुसीको संक्रमण बाट  ४ हजार भन्दा बढीको मृत्यु भएको छ। कोरोनाका बिरामीहरूलाई सङ्क्रमण गर्ने यो रोग बाट ४ हजार ३०० जनाको मृत्यु भएको हो 

भारतमा प्रायः दुर्लभ र घातक मानिने म्यूकोर्माइकोसिस सङ्क्रमण भएका ४५ हजार ३७४ बिरामी फेला परेको स्वास्थ्यमन्त्री मनसुख मांडवियाले बिबिसी संग बताएका छन्।

यो ढुसीले नाक र आँखामा प्रभाव पार्छ। सङ्क्रमण फैलिएर कहिलेकाहीँ मस्तिष्कसम्म पुग्ने ढुसी अहिले प्रायः कोभिडबाट निको भएको १२ देखि १८ दिनमा देखा पर्छ।

सङ्क्रमण भएकामध्ये झन्डै आधाले अझै उपचार गराइरहेका छन्।

चिकित्सकहरूले ढुसीको कोभिड उपचारका लागि प्रयोग गरिने स्टेरोइड औषधिसँग सम्बन्ध छ र मधुमेह भएका मानिसमा यसको बढी जोखिम छ।

चिकित्सकहरूका अनुसार यो रोगविरुद्ध एन्टी–फङ्गल इन्जेक्शन (सुई) मात्रै प्रभावकारी देखिएको छ।

सबैभन्दा बढी प्रभाव महाराष्ट्र र गुजरात राज्यमा देखिएको छ। त्यहाँ म्यूकोर्माइकोसिसबाट १,७८५ जनाको मृत्यु भएको छ।

कालो ढुसीको सङ्क्रमणसम्बन्धी तथ्याङ्क कम हुनुमा साना अस्पताल र ग्रामीण भेगमा यो रोग पत्ता लगाउन गाह्रो हुनु पनि कारण रहेको उनले जानकारी दिए। उनका अनुसार ठूला सहरमा पनि सङ्क्रमितमध्ये केही मात्रै अस्पताल पुगेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया