झन्डै ३ लाख नगद र ३ लाख ७० हजार बराबरको चेकसहित १२ जुवाडे पक्राउ

४ बर्ष अगाडि

काठमाडौँको भोटेबहालबाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा जुवा खेलिरहेको अवस्थामा ६ महिलासहित १२ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौँ घर भएकी रन्जना प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँसहित १२ जना रहेका छन् ।

प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया