काठमाडौं - कुवेतमा अवैध मदिराको उत्पादन तथा विक्रीको आरोपमा तीन नेपाली कामदार पक्राउ परेका छन् ।
कुवेतको फहहील क्षेत्रमा त्यहाँको प्रहरीले अवैध रूपमा स्थापना गरेको मदिरा कारखानामा छापा मारेको थियो । छापा मार्ने क्रममा मदिरा उत्पादनमा संलग्न तीन नेपालीलाई पक्राउ गरिएको र ठूलो परिमाणमा मदिरा बरामद गरिएको बताइएको छ ।
उनीहरुको साथबाट मदिरा उत्पादन गर्न प्रयोग हुने घरेलु उपकरण र सामानहरुसमेत बरामद गरिएको छ । छापा मार्ने क्रममा मदिरा तयार गरी बिक्री वितरण गर्नको लागि राखिएको अवस्थामा भेटिएको स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
यसअघि पनि कुवेतमा अवैधरूपमा मदिरा उत्पादन र विक्रि गरेको आरोपमा दर्जनौं नेपाली पक्राउ गरी नेपाल डिपोर्ट गरिएको थियो ।
प्रतिक्रिया