नेपाल पक्षका २२ सांसदलाई ओली पक्षले माग्यो स्पष्टीकरण (पत्रसहित)

४ बर्ष अगाडि

काठमाडौं,  माधव नेपाल समूहका २२ जना सांसदलाई एमालेले संसदीय दलको विधानविपरीत पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने र गुटगत गतिविधि गर्ने कार्यमा लागेको भन्दै स्पष्टीकरण सोधेको छ । 

स्पष्टीकरणमा अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भइ अपराधपूर्ण कार्य के कति कारणले गर्नुभएको हो ? भनेर प्रश्न गरिएको छ । 

साथै ‘पार्टीको निर्णय बारम्बार उल्लंघन गरेकाले पार्टी विधानको धारा ४९ क, १,२,३,४,५,६,७ र ४९ (च) विपरित भएकाले पार्टीको साधारण सदस्यता लगायत पार्टीको जिम्मेवारीबाट किन निष्कासन नगर्ने ? निष्कासन गर्नुपर्ने कारण भए २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहोला । 

जवाफ चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा तपाईलाई उपयुक्त बमोजिम कारवाही हुने व्यहोरा सूचित गरिन्छ’, अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेको उक्त स्पष्टीकरणमा भनिएको छ ।


 

४ बर्ष अगाडि

प्रतिक्रिया